arrow

कसैलाई नगन्ने सेठले अन्ततः झारे आँसु

उपदेशको फल

logo
बुद्ध,
प्रकाशित २०७७ फागुन २५ मंगलबार
Buddha.advice2_.jpg

काठमाडौँ । एक गाउँमा ठुलो बस्ती भएको बजार थिए । ठुला साना साहू गरिब सबै त्यस गाउँमा बस्दथे ।  त्यस क्षेत्रमा एक सामान्य किसान पनि थिए। उनी देवी देवताको पूजा गर्थे । त्यस बजारमा एक स्वार्थी घमण्डी साहू पनि थिए । उनी ठुला सान! कसैलाई गन्दैनथे ।

उनी आफै राजा जस्तो झै घमण्डले चूरभै सबैलाई हेला गर्थे । त्यस ठाउँका साना किसान बस्तीका व्यक्तिहरू त्यस साहूबाट मुस्किलले बाँचिरहेका थिए । उनले जे भने पनि सहनुपर्दथ्यो । एक जना किसानले समय समयमा भगवान् बुद्धका उपदेश सुनेका थिए। उनी त्यही आधारमा सबैलाई सक्दो मद्दत गर्दथे । आफूभन्दा सानोलाई अति माया पनि गर्दथे । दयामाया पनि उत्तिकै गर्दथे ।

 त्यस  बजारको साहूको कति गाली खाने भनी उनको अगाडि नै नपरी बाहिर फेरा गई काम गर्दथे । त्यस किसानको असल स्वभाव र चाल चलन देख्दा छक्क परी उनलाई अर्को ठाउँको साहूले बडो राम्रोसँग काममा लगाए । उनको बानी देखेर सबै छक्क परी उनलाई त्यहीँ बस्ती बसाल्न लगाई राम्रो वातावरणसँग राखे।

 उताको साहूको व्यापार कम हुँदै गयो । आफैले खेत खनी किसानको रूपमा काम गर्दा पनि उसलाई खान धौ धौ पर्‍यो। आफ्ना छोराछोरीलाई जतन साथ राख्न नसक्नाले घमण्डी स्वभावले र छुच्चो मुख बोलीले, दुष्ट चालचलनले गर्दा उनी दुरावस्थामा पुगे । दुःखले सताउँदा घुम्दाघुम्दै उनी बुद्ध र भिक्षुहरू भएको ठाउँमा पुगे । लोभी साहुले आफ्ना सबै वृत्तान्त बुद्ध सामु राखे ।

बुद्धले साहुलाई उपदेश दिँदै भन्नुभयो -सानो भनेर कहिल्यै कसैलाई हेला गर्नुहुन्न । पछि के हुन्छ भन्ने कुरा कसैले भन्न सक्तैन ।आफूभन्दा ठुलाले अह्राएको काम सहर्ष गर्नुपर्छ । दुःखमा परेका व्यक्तिलाई उद्धार गरिदिनु पर्छ र त्यसबाट केही फल तथा गुण प्राप्त गर्नुपर्छ । दुःखीलाई तार्नु अरूको आदर गर्नु, कसैलाई हेला नगर्नु, कसैको मन दुख्ने काम नगर्नु, अरूको भलो हुने काम गर्नु, सबैको उद्धार गर्नु नै कर्तव्य हो ।'

उपदेश सुनेपछि बुद्धको शरणमा परे । उनले पहिलेको आफ्नो खराब आचरणको कुरा सम्झी आँखाबाट आँसु बरर झारेर सरासर घरमा गई सबै जहान बच्चाको अगाडि पश्चताप गरे ।  उनले अर्को गाउँमा गएका  किसानलाई झिकाई माफी माग्दै आँखाबाट आँसु झारे । त्यस बेलादेखि सोही किसानसँग मिलेर असल चाल चलन बनाइ बुद्धको उपदेशमा अघि बढे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ