arrow

संसदमा बुधबारबाट माधव र झलनाथहरुसँगै हुने छैनन् प्रचण्ड

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
parliament-house.jpg

काठमाडौं । निर्वाचन आयोगले केपी शर्मा ओलीलाई नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी केन्द्र भनी दिइएको पत्र संसद सचिवालयमा पुगेसँगै नेपाल-प्रचण्ड पक्षका सांसदहरु सकसमा परेका छन् ।

सर्वोच्च अदालतको फैसला अनुसार आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग भएको निर्णय गर्दै सोको जानकारी संसद सचिवालयलाई दिएको हो ।

जसका कारण प्रचण्ड-नेपाल पक्षका सांसदहरु सकसमा परेका हुन् । विशेषगरी माओवादी केन्द्रका सांसदहरुलाई सत्तापक्ष कि प्रतिपक्षको लाइनमा बस्ने भन्नेबारे समस्या भएको छ ।

आयोगले दुई दल अलग अलग रहेको भन्ने जानकारी सचिवालयलाई गराए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले संसद बैठकमा भने दुबै पार्टीका सांसद सत्तापक्षकै सिटमा बस्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन् । सत्तापक्षका लागि संसदमा चार वटा लहर छुट्याइएको छ। 

यद्यपी, यसअघि पार्टी एकीकरण भएयता पहिलो लहरमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र सुवास नेम्वाङ बस्ने गरेपनि बुधबारबाट प्रचण्ड सत्तापक्षकै लहरमा रहेपनि माधव र झलनाथहरुसँग बस्ने छैनन् । यतिबेला नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ