arrow

'अब संसद् चल्न सक्दैन'

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
shekhar-Koirala.jpg.jpeg

झापा । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले अब संसद् चल्न नसक्ने बताएका छन् ।  बुधवार बिर्तामोडमा नेता कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताए ।  प्रतिनिधिसभा पुनर्स्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको विचार राखे ।   

“नेपाल कम्युनिस्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी)मा फर्किए, सहज रूपमा अब संसद् चल्न सक्दैन”, उनले भने, “संसद् चल्न अप्ठ्यारो परिस्थिति भएपछि देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, मध्यावधि निर्वाचनमार्फत भए पनि निकास दिनुपर्छ ।”

 डा कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्ने बताउँदै त्यसैअनुरूप तयारी गर्न काँग्रेस कार्यकर्तालाई निर्देशन दिए ।

उनले पर्ख र हेरको अवस्थामा वर्तमान परिस्थिति नभएको हुँदा काँग्रेसले देशलाई निकास दिन केही महत्त्वपूर्ण निर्णय तत्काल लिने धारणा व्यक्त गरे ।

उनले काँग्रेसको १४ औँ महाधिवेशनको आफू बलियो सभापतिको दाबेदार रहेको बताउँदै सोहीअनुरूप नै जिल्ला दौडाहामा निस्किएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ