arrow

मेयर्स कप क्रिकेटः पुलिस र एपीएफबीच उपाधि भिडन्त

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
apf-cricket.jpg

काठमाडौं । विभागीय टिमहरु नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं मेयर्स कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनलमा भिड्ने भएका छन् । 

पाँच टोली सहभागी प्रतियोगिताको शीर्ष दुई स्थानमा रहँदै पुलिस र एपीएफ फाइनलमा पुगेका हुन् । फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताबाट बागमती प्रदेश, त्रिभुवन आर्मी क्लब र काठमाडौं मेयर–११ फाइनल प्रवेशबाट वञ्चित भएका छन् । 

लिगको अन्तिम खेल 
बिहीबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौंलाई ७ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो । मूलपानी क्रिकेट मैदानमा काठमाडौंले दिएको १७८ रनको विजयी लक्ष्य एपीएफले ४४.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

एपीएफको जितमा सन्दीप जोरा र कप्तान शरद भेषवाकरले अर्धशतक बनाए । सन्दीपले नटआउट ६२ तथा शरदले नटआउट ६१ रन बनाए । काठमाडौंका कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले ४८.५ ओभरमा अलआउट हुँदै १७८ रन बनाएको थियो । काठमाडौंका सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाएको इनिङमा एपीएफका कमल सिंह ऐरी र अविनास बोहराले ३–३ विकेट लिए ।

अंक तालिका
पुलिस ४ खेलमा ३ जितसहित ६ अंक जोड्यो । पुलिस पहिलो स्थानमा रहँदै फाइनलमा पुगेको हो । 

एपीएफले पनि ४ खेलमा ३ जितसहित ६ अंक जोडेर फाइनलमा पक्का गरेको हो । पुलिस नेट रन रेटमा एपीएफभन्दा अगाडि रह्यो । 

पाँच टिम सहभागी प्रतियोगिताको शीर्ष दुई टिमले फाइनल खेल्ने नियम रहेको छ । काठमाडौं भने दुई खेलसहित पुछारमा रह्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ