- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले पाटीले नेतृत्व गर्ने परिस्थिति भएको खण्डमा मात्रै कांग्रेस सरकारमा सामेल हुने बताएका छन् ।
पाँचथरको फिदिममा बिहीबार पार्टी भेटघाट कार्यक्रममा बोल्दै उनले अहिले हतार गरेर सरकारमा गइ पनि नहाल्ने र कम्युनिष्टहरुले सरकार संचालन गर्न नसकेमात्रै कांग्रेसले नेतृत्व लिएर सरकार संचालन गर्ने बताए ।
यस्तै फरक प्रसंगमा बोल्दै उनले अब पार्टीले भातृभँगिनी सुभेच्छुक संठनलाई चलायमान गरेर अघि बढ्ने विषयलाई पार्टीले गम्भीर रुपमा लिनुपर्ने बताए । उनले समयमै अधिवेशन गरेर भातृभँगिनी सुभेच्छुक संगठन चुस्तदुरुस्त ढंगबाट संचालन गर्नुपर्ने बताए ।