- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्वर्गद्धारी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले देशको नेतृत्व कुनै अनुभव नभएका कम्युनिस्टले गरेकाले जनताले दुई तिहाइ सरकारको अनुभूत गर्न नपाएको आरोप लगाएका छन् ।
कांग्रेस स्वर्गद्वारी नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पाण्डेले राजनीति कुनै पेशा नभएर जनसेवा भएको बताउँदै केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकार जनताको सेवा भन्दा पनि भ्रष्टाचारमा र आन्तरिक विवादमा फसेको बताएका छन् ।
पाण्डेले कांग्रेस नेतृत्वको सरकारले देशमा विकास र संविधान दिए पनि कम्युनिस्ट सरकारले त्यसको संरक्षणमा नलागेकोले जनताले उनीहरुको मूल्यांकन ३ वर्षमा गरेको बताएका छन् । पाण्डेले पार्टी भित्रका मतभेदको अन्त्य गरी जनताको सेवामा समर्पित पार्टीका रुपमा कांग्रेस अगाढि बढ्ने बताएका छन ।
कार्यक्रम बोल्दै कांग्रेस नेता रामहरि खतिवडाले लोकतन्त्र र जनजिबिकाका लागि कांग्रेस देशको ठूलो पार्टी बन्नु पर्ने बताएका छन् ।
खतिवडाले प्यूठानबाट कांग्रेसले जिते कांग्रेसस नेतृत्वको सरकार सफल बन्ने बताएका छन् । कांग्रेससले प्यूठानबाट २०१५ सालमा जित्दा कांग्रेस नेतृत्वको सरकारले छोटो समयमा देशमा नमूना काम गरेको स्मरण गर्दै प्यूठानको विकासका लागि कांग्रेसलाई जिताउन कार्यकर्तालाई एक हुन आग्रह गरेका छन् ।
कांग्रेसले समाबेशितामा जोड दिने पार्टी भएकोले पार्टीलाई परिवार सम्झन उनले आग्रह गरे । बर्तमान सरकारमा शालिन प्रतिपक्ष हुँदासमेत सरकार जनताप्रति उत्तरदायी नबनी आपसी मतभेदका कारण देशमा असम्बैधानिक बाटोमा गएको आरोप लगाएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस प्यूठानका सभापति अमरप्रसाद भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं नेता डा.गोबिन्दराज पोखरेल , काङ्ग्रेस केन्द्रीय प्रशिक्षण विभाग सदस्य राजु नेपाल लगायतले आफ्नो. भनाइ राखेका थिए ।
कार्यक्रममा स्थानिय कार्कर्ताले अहिले पार्टी सरकारमा नगइ जनताको काममा साथ दिन सुझाब दिएका छन् ।