arrow

आइडी सेयर हुनबाट रोक्न नेटफ्लिक्सले ल्यायो नयाँ फिचर

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
netflix.jpg

काठमाडौँ । विश्वकै ठुलो पेड स्ट्रिमिङ प्लेटमफ नेटफ्लिक्सले एउटै अकाउन्ट धेरै जनालाई सेयर गर्नबाट रोक्ने फिचर ल्याएको छ ।

नेटफ्लिक्सको एक आइडी अरूलाई पनि दिएर चलाइने गरिन्छ । एपको नयाँ फिचरले अब भने त्यसो गर्न केही गाह्रो हुने छ ।

अहिले परीक्षणको चरणमा रहेको र केही प्रयोगकर्ताहरूको मात्रै लागु भएको यो फिचरले लगइन गर्दा एक पप अप मेसेज देखाउने भएको हो ।

उक्त पप अप मेसेजले मेल अथवा एसएमएसमार्फत वास्तविक आइडी भएको व्यक्तिको इमेल वा फोन नम्बरमा कोड पठाउने  छ र सो कोड प्रमाणित गर्नु पर्नेछ ।

प्रयोगकर्ताले लग इन गर्दा यो पप अप मेसेजलाई स्किप पनि गर्न सक्ने छ । तर, केही समयपछि पनि प्रमाणित गरेन भने नयाँ अकाउन्ट बनाउन निर्देशन दिने छ ।

यसको मतलब वास्तविक नेटफ्लिक्स आइडी भएको व्यक्तिले उक्त आइडी बनाउँदा प्रयोग गरेको इमेलमा सो कोड आउने छ । नेटफ्लिक्सले जति सुकै बेला यस्तो पप अप मेसेज देखाउने हुँदा सो समयमा कोड प्रमाणित गर्न नसके नयाँ आइडी बनाउन भन्दै निर्देशन दिनेछ ।  यो फिचरले अर्काको आइडी प्रयोग गर्नेहरुलाई झन्झट हुने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ