arrow

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमै उपचाररत

logo
प्रकाशित २०७७ चैत ४ बुधबार
nabindra-raj-joshi-mp-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य गम्भीर रहेको छ । उनको नर्भिक अस्पतालमा भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ । 

उनका स्वकीय सचिव पुष्कर पाण्डेले हाम्राकुरालाई दिएको जानकारी अनुसार जोशीको स्वास्थ्य गम्भीर रहेको छ । उनले भने, ‘केही मिडियाले गलत समाचार लेखे । यसले तनाव बढाएको छ । उहाँको भेन्टिलेटरमा रहेर उपचार नै भइरहेको छ ।’

पाण्डेका अनुसार नेता जोशीमा ब्रेनमा समस्या छ, रक्तचाप न्यून रहेको छ, फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर छ । 

जोशीको वरिष्ठ न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।

गत फागुन १४ गते बेहोस भएर उनलाई अस्पतालमा भर्ना गरिएको थियो । मस्तिस्कघात भएका जोशीलाई बीचमा भेन्टिलेटरबाट आइसीयूमा सारिएको भए पनि पछि फेरि स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमै राखेर उपचार भइरहेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ