arrow

राष्ट्रिय माविका प्रधानाध्यापक सूर्य तिवारीलाई सफाइ, अन्यलाई जरिवाना

logo
हरि पन्त,
प्रकाशित २०७७ चैत ४ बुधबार
rule-of-law.jpg

पोखरा । राष्ट्रिय मावि पोखराका प्रधानाध्यापक सूर्य तिवारीले सफाइ पाएका छन् । कास्की जिल्ला अदालतले आज तिवारीलाई सफाइ दिएको हो । 

आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटेलमा लगेर परीक्षा लिएको आरोपमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको जाहेरीका आधारमा तिवारीसहित शिरिषकुमार वस्ताकोेटी र घनश्याम रेग्मी पक्राउ परेका थिए । केही दिन प्रहरी हिरासतमा बसेका उनीहरू धरौटीमा छुटेका थिए । 

प्रधानाध्यापक तिवारीले सफाइ पाए पनि अदालतले  शिरिषकुमार वस्ताकोेटीलाई ५० हजार, घनश्याम रेग्मीलाई २५ हजार र विद्यार्थी साधना ढुंगानालाई पाँच हजार रुपैयाँ जरिवाना तोकेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ