- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका भाइ अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ । निमोनियाबाट पीडित कोइरालाको उपचारकै क्रममा विराटनगरको न्यूरो अस्पतालमा बुधबार राति निधन भएको हो ।
उनी प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो मेयर थिए । उनी राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य पनि भएका थिए ।
मोरङ कांग्रेसको १९ वर्ष सभापति भएका कोइराला हाल कांग्रेस महासमिति सदस्य रहेका थिए । कोइराला नेपाल विद्यार्थी संघका संस्थापक सदस्यमध्येका एक थिए ।
उनका एक छोरा र एक छोरी छन् । उनको बिहीबारै मोरङको सिंघीया घाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सामाजिक संजाल ट्वीटरमार्फत कोइरालाको निधनले स्तब्ध र मर्माहत बनाएको लेखेका छन् ।
उनले लेखेका छन्, ‘कोइरालाले नेपालको लोकतान्त्रीक आन्दोलनमा पुर्याउनुभएको योगदान हामी सबैका लागि अनुकरणीय र स्मरणीय रहिरहने छ। परिवारजनमा समवेदना र असोक दाईप्रति श्रद्धाञ्जली।’