- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्र र नेकपा एमालेको शब्दकोशबाट नैतिकता भन्ने शब्द हराएको वताएका छन् ।
जनतासँग जुन म्यान्डेट लिएर आएका हुन त्यो म्यान्डेट पूरा गर्न नसकेपछि अब अलिकति नैतिकता देखाइदिएर राजनीतिप्रतिको बिश्वास वढाउलानकी भनेको झैन आदर्शका कुरा गरेर सत्तामा टाँसीरहेको उनले बताए ।
अहिले जेसुकै भएपनि दुई दलले मिलेर जनमत लिएकाले दुबै जिम्मेवार बन्नुपर्नेमा दुवै गैरजिम्मेवार बनेकाले झनै राजनीतिक अन्योलता बढेको भन्दै एउटाले संसद विघटन जस्तो असंवैधानिक काम गर्यो अनि अर्को यस्तो असंवैधानिक काम गर्ने सरकारलाई समर्थन गरेर बसिरहेका छन भन्दै नेता सिंहले राजनीति अस्थिरताको निम्तीनुमा दुवैपक्ष उत्तिकै जिम्मेवार रहेको बताए ।
कांग्रेस एक्लैको प्रयासले यो नैतिकताहीन सरकारको बिकल्प दिन नसकिने भएकाले सरकार हटाउँछु भनेजस्तो सजिलो नभएकोअवस्था बुझ्नपनि आग्रह गरे ।
‘ओली सरकारको बहिरगमनका लागि एकातिर नेकपा माओवादी समर्थन फिर्ता लिन अलमल गरिरहेकोछ भने अर्कोतिर तिर जसपा ओली सरकारका बिषयमा प्रष्ट हुन सकिरहेको छैन्’ उनले भने, ‘यस्तोबेला कांग्रेसले केही गर्ने भन्दापनि जसपा र माओवादी पहिले सरकारका बारेमा स्पष्ट हुनुपर्छ ।’
जनताका लागि पटक पटक जटिल परिस्थितिमा काम गरेर आएको, महत्त्वपूर्ण जिम्मेवारी बहन गरेको, देश र जनताका लागि वलिदानी दिएको कांग्रेसलाई विश्वास नगरेर कम्युनिष्टहरुलाई जनताले मत दिएकाले अहिलेको परिस्थितिमा मुलुक पुगेको उनको भनाइ थियो ।
नेता सिंंहले विश्वकर्मा समाजका राष्ट्रिय अध्यक्ष गोपालप्रसाद विश्वकर्मालगायत विश्वकर्मा समाजका डेढ दर्जन अगुवाहरुलाई आइतबार कांग्रेसमा गराउने कार्यक्रममा नेता सिंहले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य जीवन परियार, सांसद प्रकाश स्नेही, संविधान सभा सदस्य दिपक कुईंकेल, नेपाली कांग्रेस काठमाडौंका सभापति सवुजकृष्ण बानियाँलगायको उपस्थिति थियो ।