arrow

एलन मस्कलाई चीनको झड्का, टेस्ला कारमाथि चिनियाँ सेनाले लायो प्रतिबन्ध

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
elon-musk-tesla.jpg

काठमाडौँ । विश्वकै सबैभन्दा ठुलो विद्युतीय कार उत्पादक कम्पनी टेस्लाका कारहरूमाथि चिनियाँ सेनाले प्रतिबन्ध लगाएको छ । सुरक्षा खतरा भएको भन्दै सैन्य परिसर र सैन्य आवास कम्पाउन्डभित्र टेस्लाका कारहरू प्रतिबन्ध गरिएको हो ।

कारमा सैल्फ ड्राइभिङ, पार्किङ, अगाडि पछाडि हेर्न जडित क्यामेराहरूबाट विभिन्न तथ्याङ्कहरू चोरी हुने भन्दै सेनाले एक निर्देशन जारी गर्दै सैन्य परिसरमा कार पार्किङ नगर्न कार धनीहरूलाई आदेश दिएको छ ।

टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले टेस्लाका गाडीहरूले यस्तो कुनै तथ्याङ्क चोरी नगरेको स्पष्ट पारेका छन् । उनले यदि कुनै पनि टेस्लाको गाडी चीनमा जासुसीका लागि प्रयोग भयो भने त्यहाँ फार्म नै बन्द गर्ने समेत उनले बताएका छन् ।

चिनियाँ बिजनेस फोरमसँग भिडियोमार्फतको कुराकानीमा मस्कले प्रत्येक तथ्याङ्कको विषयमा संवेदनशील रहनुपर्ने बताएका छन् । यसबाहेक उनले कुनै पनि टेस्लाको गाडी जासुसीका लागि प्रयोगमा भएमा त्यहाँ गाडीको फार्म नै बन्द हुने बताएका छन् ।

कुनै पनि ठुला चिनियाँ कम्पनीहरूलाई अमेरिका र अमेरिकी कम्पनीहरूलाई चीनमा असहज स्थिति सिर्जना हुँदै आएको छ । पछिल्लो समय दुवै देशबीचको व्यापार तनाव पनि बढ्दो छ ।

यसबीच गत साता दुवै देशका विदेश मन्त्री बीच अमेरिकामा भएको भेटवार्तामा समेत दुवै पक्षले रुष्टता व्यक्त गरेका थिए ।

अमेरिका पछि चीन टेस्लाको अर्को ठुलो बजार हो । तर, चीनले अहिले त्यहाँकै विद्युतीय गाडीहरूलाई प्राथमिकता दिन खोजेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ