arrow

चैत मसान्तभित्रमा श्रीरामले उखुको बक्यौता भुक्तानी गर्ने

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७७ चैत ८ आइतबार
shree-ram-sugar.JPG

रौतहट । गरुडास्थित श्रीराम सुगर मिल चैत्र मसान्त भित्र उखुको बक्यौता रकम भुक्तानी गर्न सहमत भएको छ । आइतवार स्थानीय प्रशासन, उखु उत्पादक सङ्घ र मिल प्रशासन बिच बाकी रकम किसानलाई भुक्तानी गर्ने सहमति भएको हो ।

आर्थिक वर्ष २०७१-०७२ को तीन करोड ,२२ लाख ६ हजार , आव २०७५।०७६ को ९६ हजार , आव २०७६/०७७ को ७२ हजार गरी तीन करोड ,२३ लाख , ७५ हजार करिब किसानको पैसा भुक्तानी गर्न बाकी रहेको छ ।मिलले तीन करोड भन्दा बढी रकम तिर्न बाकी रहेको छ ।

रौतहटका प्रमुख जिल्ल अधिकार इन्द्रदेव यादव, उखु उत्पादक सङ्घका अध्यक्ष अशोक यादव, श्रीराम सुगर मिलका महाप्रबन्धक नरेन्द्र कुमार गुप्ता सहित जिल्ला स्थित सुरक्षा प्रमुखहरू, उखु उत्पादक सङ्घका पदाधिकारी, मिलका कर्मचारीहरू बिच रकम भुक्तानी गर्ने सहमति भएको हो ।

चैत्र मसान्त सम्म भुक्तानी लिन आउनेलाई यसअघि कै सहमति अनुसार दिने , वैशाख बाट पाक्षिकरुपमा भुक्तानी गर्ने , त्यसपछि भुक्तानी बाकी रहेकाहरूको रकम श्रीराम सुगर मिलको खातामा राख्ने र किसानले बाहेक अन्यले झिक्न नपाउने गरी जिल्ला प्रशासन कार्यालयले खाता रोक्का गर्ने निर्णय भएको  प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ