arrow

एमाले र माओवादीका १० दर्जन बढी कार्यकर्ता कांग्रेसमा

logo
लोकेन्द्र विश्वकर्मा,  
प्रकाशित २०७७ चैत ९ सोमबार
jajarkot.png

जाजरकोट । नेपाली कांग्रेसका युवानेता वेदराज सिंहले सर्वहाराको गला रेटेर सत्तामा पुगेका कम्युनिष्टहरुले जनताको विश्वास गुमाएको बताएका छन् । आइतबार जिल्लाका कुशे गाउँपालिका – ८ मा आयोजित कार्यक्रममा नेता सिंहले कम्युनिष्टहरुले जनताको विश्वास गुमाएको जिकिर गरेका हुन् ।

कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्रबाट कुशेमा झण्डै १ सय १० जनाभन्दा बढिको संख्यामा नेपाली कांग्रेस प्रवेश गरेका छन् । जाजरकोटमा नेपाली कांग्रेस प्रवेश गर्नेहरुको लहरनै लागेको छ ।                                           

नेकपाबाट कांग्रेस प्रवेश गरेका प्रवेशीहरुलाई स्वागत गर्दै जनताले बल्ल कम्युनिष्टहरुको असली रुप बुझ्न पाएको नेता सिंहले बताए ।  आइतबारको कार्यक्रममा कांग्रेस जाजरकोटका कोषाध्यक्ष तेजविक्रम शाह, कुशे गाउँपालिका अध्यक्ष तथा कांग्रेस नेता हरिचन्द्र बस्नेत, कुशे गाउँपालिका उपाध्यक्ष तथा नेतृ रामछाया शाही, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य खड्क बिसी, पूर्वपार्टी सचिव कल्दर सिंह लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

नेपाली सर्वहारा श्रमजीवी वर्गको हितका नाममा कम्युनिष्टहरुले सत्तामा पुग्दै जनतालाई बारम्बार शोषण गरेको नेविसंघका केन्द्रीय सदस्य खड्क बिसीले बताए । उनले भने, ‘कांग्रेसले आफ्नो जन्मकालदेखि राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श, मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील, स्वतन्त्र र समतामूलक समाजको स्थापना गरिरहेको छ ।’ नेकपाको बारम्बारको विवाद र यसका शासकहरुको क्रुरशासनले थकित भएको प्रवेशीहरुको भनाइ छ ।



नयाँ