arrow

त्रि–देशीय फुटबलः भिड्दै बंगलादेश–कीर्गिस्तान, रंगशालामा दर्शकलाई यस्तो नियम

logo
प्रकाशित २०७७ चैत १० मंगलबार
three-nations-cup-football-nepal.jpg

काठमाडौं । त्रि–देशीय कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मंगलबारदेखि शुरु हुँदैछ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले साँझ ५ः३० बजे उद्घाटन गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

उदघा्टन खेलमा साँझ बंगलादेश र कीर्गिस्तान खेल्दैछन् । बंगलादेशको सिनियर टिम खेल्दा कीर्गिस्तानको यू–२३ टिम हुनेछ । 

तीन देशबीचको भिडन्त अन्तर्गत नेपालले १२ गते कीर्गिस्तानसँग र बंगलादेशसँग १४ गते खेल्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष दुई टिमबीच उपाधिका लागि फाइनलमा १६ गते भिडन्त हुनेछ । 

१ करोड खर्च हुने अनुमान गरिएको प्रतियोगिताबाट १ करोड ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान एन्फाको छ । प्रतियोगिताको विजेताले ५ हजार दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

दर्शकलाई यस्तो छ अनिवार्यता
कोरोना भाइरसका कारण दर्शकलाई रंगशालामा सहज छैन । कोरोना बढिरहेका सन्दर्भमा दर्शकका लागि एन्फाले केही मापदण्ड तोकेको छ । 

दर्शकका लागि चार चिज अनिवार्य गरिएको छ । 
१, तापक्रम नाप्ने, 
२, सेनिटाइजर अनिवार्य लगाउनु पर्ने
३, भौतिक तथा समाजिक दूरी कामय गर्ने 
४, मास्क अनिवार्य प्रयोग गर्ने । 

दर्शकका लागि एन्फाले पैसा पनि तोकेको छ । भीआइपीतर्फ १ हजार ५ सय र साधारण प्यारापिटतर्फ ७ सय रुपैयाँ तोकिएको छ । 
 



नयाँ