arrow

लम्कीमा प्रहरीको गोली लागेर दुई घाइते

logo
रासस,
प्रकाशित २०७७ चैत १० मंगलबार
bullet.jpg

लम्की। बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा  प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि  केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिएका छन् ।   

उनका अनुसार गोली प्रहारबाट   घाइते  भएकालाई उपचारका लागि कोहोलपुर पठाइएको छ । आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना६ ८८३३ नंको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।

सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयवासीले राजमार्ग अवरुद्ध पार्नाका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय लम्की घेराउसमेत गरेका छन् । 

प्रदर्शनकारीलाई तितर बितर बनाउन हवाई फायरसमेत गरिएको थियो ।  ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका–१ का ३१ वर्षीय पुष्प कँडेललाई प्रहरीले  नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको  जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ