arrow

भारतको शानदार जितः डेब्युमा कृष्णा र क्रुनालको आकर्षक इनिङ, चल्यो लोकेश कार्ड 

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
kohli-khusi.jpg

काठमाडौं । भारतले इङ्गल्याण्ड विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा शानदार जित निकालेको छ । मंगलबार राति पुनेमा सम्पन्न भएको पहिलो एक दिवसीयमा भारत ६६ रनले विजयी भएको हो । यो जितसँगै भारतले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

भारतले दिएको ३१८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इङ्गल्याण्डले ४२.१ ओभरमा अलआउट हुँदै २५१ रन मात्र बनाउन सक्यो ।

ओपनिङ पार्टनरसिप १३५ रनको भए पनि इङ्गल्याण्डले हारको सामना गर्नुपरेको हो । उक्त क्रममा जोनी बेयर्स्टोले ६६ बलमा ९४ रन तथा जासन रोण्ले ४६ रन बनाएका थिए । 

भारतका डेब्यु खेलाडी प्रसिद्ध कृष्णाले ५४ रन खर्चेर ४ विकेट लिए । सार्दुल ठाकुरले ३ विकेट लिँदा भुवनेश्वर कुमारले २ विकेट लिए ।

भारतको इनिङ
यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेटको नोक्सानीमा ३१७ रन बनाएको थियो । शिखर धवनले १०६ बलको सामना गर्दै ९८ रन बनाए । उनी नै म्यान अफ द म्याच भए । 

टी–२० मा फ्लप सावित भएका लोकेश राहुलले भने कमालको खेल खेले । उनलाई ओपनिङमा नल्याई पाँचौंमा ल्याइएको थियो । उनी र डेब्यु खेलाडी क्रुनाल पाण्डेयाबीच उत्कृष्ट साझेदारी भएको छ । 

राहुलले ४३ बलमा नटआउट ६२ रनब बनाए । त्यस्तै पाण्डेयाले नटआउट ५८ रन बनाए । दुवैबीच छैटौं विकेटका लागि ११२ रनको साझेदारी भएको थियो । कप्तान विराट कोहलीले ५६ रन बनाए । 

इङ्गल्याण्डका बेन स्टोक्सले ३ तथा मार्क उडले २ विकेट लिए ।

दोस्रो खेल पुनेमै शुक्रबार हुनेछ । यसअघि भारतले टेष्ट र टी–२० सिरिज जितिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ