arrow

दुई वर्षमा चार निर्वाचन, ठूलो जित हुने नेतान्याहुको दाबी

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
israel-benjamin.jpg

काठमाडौं । इजरेलमा दुई वर्षमा भएको चौथो निर्वाचनमा ठूलो जित हुने दाबी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गरेका छन् । उनले आफ्नै दलको बहुमत आउने दाबी गरेका हुन् । 

तर मत खसालेर बाहिर निस्किएका मतदातामाझ गरिएको सर्वेक्षणले भने संसद्‌मा बहुमत ल्याउन उनी विफल हुनसक्ने देखाएको बीबीसीले लेखेको छ । उनको लिकुड पार्टी र त्यसका साझेदारहरूले १२० सिटमध्ये ५३ वा ५४ ल्याउने प्रक्षेपण गरिएको छ।

नेतान्याहुका पहिलाका वफादार नेता नफताली बेनेटको राष्ट्रवादी यामिना पार्टी सत्तामा कसलाई ल्याउने भन्नेमा निर्णायक हुनसक्ने अनुमान गरिएको छ । 

उक्त पार्टीले सात वा आठ सीट जित्ने अनुमान गरिएको छ तर उसले कुन पक्षलाई समर्थन गर्छ भन्ने घोषणा नगरिसकेको बीबीसीले लेखेको छ । 

इजरेलको निर्वाचनसम्बन्धी केन्द्रीय कमिटीले कोरोना भाइरसको प्रतिबन्धका कारण बुधबारअघि सबै मतहरूको गणना नसकिने ठानेको छ ।

‘इजरेलका जनता ९ धन्यवाद,’ नेतान्याहुले मङ्गलवार ट्वीटरमा ट्वीट गर्दै भनेका छन् ‘तपाईहरूले दक्षिणपन्थी र मेरो नेतृत्वको लिकुडलाई ठूलो जित दिनुभयो। अहिलेसम्म लिकुड सबैभन्दा ठूलो पार्टी हो।’

निर्वाचनका लागि योग्यमध्ये जम्मा ६७।२ २५ ले मत खसालेका छन् । यो चुनावलाई नेतान्याहु नेतृत्वको जनमत संग्रहका रूपमा हेरिएको छ।

७१ वर्षीय प्रधानमन्त्रीको अभियान कोभिड९१९ को खोप कार्यक्रममा केन्द्रित थियो र उनका कूटनीतिक सफलता केही अरब मुलुकहरूका सम्बन्ध सामान्य बनाउनेमा थियो ।

तर राजनीतिक वृत्तका उनका विपक्षीहरूले भ्रस्टाचारको अभियोग लाग्दा उनी पदमा बस्न नहुने तर्क गरेका छन् । उनले भने आफूमाथिका अभियोग अस्वीकार गरेका छन् ।

विगतका तीनवटा चुनाव हुँदा न उनले न उनका प्रतिद्वन्द्वीले नै स्थायी सरकार सञ्चालन गर्ने गठबन्ध बनाउन सकेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ