arrow

इजरायलले लेबनानमा थाल्यो जमिनी आक्रमण 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
israel-lebanon.jpg

काठमाडौँ । इजरायलले लेबनानमा जमिनी आक्रमण शुरु गरेको बताएको छ । इजरायलको सेनाले दक्षिणी लेबनानबाट जमिनी आक्रमण शुरु गरेको जानकारी दिएको हो । इजरायलले अहिलेसम्म लेबनानमा हवाई आक्रमण मात्र गरेको थियो । 

यसअघि हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले आइतबार लेबनानसँगको सीमामा ट्याङ्कहरू तैनाथ गरेको थियो ।

इजरायलले आफ्ना एक लाख भन्दा बढी विस्थापित नागरिकलाई लेबनानको सीमा क्षेत्रमा फर्काउन जमिनी कारबाही आवश्यक रहेको बताउँदै आएको छ ।

इजरायलले जमिनी आक्रमण शुरु गरेपछि यो लडाइँ लामो समयसम्म चल्ने विश्लेषण गरिएको छ । इजरायलले पनि यसको समय सीमा तोकेको छैन ।

इजरायलको आक्रमणमा अहिलेसम्म हिजबुल्लाहका शीर्ष नेता हसन नसरल्लाहसहित लगभग सबै शीर्ष कमान्डर मारिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ