- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
महोत्तरी । महोत्तरीमा गौशाला नगरपालिका तथा युएनडिपीको आर्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको सहजीकरण मा कृषक समूहहरूलाई कृषि यन्त्र हस्तान्तरण गरेको छ ।
बुधवार गौशाला नगरपालिका तथा युएनडिपी को आर्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको सहजीकरण मा नगरप्रमुख: शिवनाथ महतोद्वारा कृषक समूहहरूलाई कृषि यन्त्र हस्तान्तरण गरेको हो ।
गौशाला नगरपालिका तथा युएनडिपी को आर्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबास - १ महोत्तरीद्वारा सञ्चालित कोभिड १९ का कारण रोजगारी गुमाएका अति विपन्न परिवारहरूलाई आय आर्जन तथा रोजगारी विकास परियोजना अन्तर्गत यो क्षेत्रका व्यवसायी अगुवा कृषकहरूको लागि गहुँ तथा धान काट्ने १ थान रेपर (मेशिन) उपलब्ध गराएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष: नागदेव यादवले बताए ।
रेपर (मेशिन) ले एक घण्टामा करिब दश कट्ठासम्म काट्ने गर्दछ । साथै कम खर्चमा गहुँ तथा धान काट्नुका सँगै समयको पनि बचत हुन्छ अध्यक्ष: यादवले बताए ।
यसै गरी तरकारी तथा फलफूल खेती गर्ने कृषकहरूको लागि गोडमेल गर्न तथा माटो खुकुलो गर्नका लागि वेडर मेशिन (कृषि यन्त्र) एक - एक गरी चार वटा कृषक समूहहरूलाई हस्तान्तरण गरेको नगरप्रमुख: महतोले बताए ।
कृषकहरूको सरल तथा सहजताको लागि युएनडिपी बाट नयाँ किसिमको प्रविधिहरू सञ्चालन गर्न सहयोग गरेको छ । यो मेशिनले १ लिटर पेट्रोलमा करिब साढे चार घण्टासम्म काम गर्ने क्षमता रहेको र यसबाट वडा अध्यक्षहरू लगायत कृषक समूहहरूका साथै यस क्षेत्रका अगुवा किसानहरू हर्षित भएका छन् ।
भविष्यमा पनि यस्तो किसिमको कृषि यन्त्रहरू तथा नयाँ प्रविधिबाट खेती हुने प्रविधिहरू उपलब्ध गराइदिने अपेक्षा रहेको स्थानीयहरू बताए ।
गौशाला नगरपालिका तथा युएनडिपी को आर्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबास - १ महोत्तरीद्वारा सञ्चालित कोभिड १९ का कारण रोजगारी गुमाएका अति विपन्न परिवारहरूलाई आय आर्जन तथा रोजगारी विकास परियोजना अन्तर्गत १ करोड ३७ लाख, युएनडिपी बाट १ करोड २ लाख, गौशाला नगरपालिका र बर्दिबासस्थित सामुदायिक विकास तथा पैरवी मञ्चको ४ लाखको लागतमा गौशाला नगरपालिकाको वडा नं. ३, ८, १० र १२ मा करिब ४ करोडको लगानीमा दलित समुदायका गरिब परिवारलाई जीविको उपार्जनका लागि आर्थिक रुपमा सहयोग गर्दै आएको अध्यक्ष यादवले जानकारी दिए ।