arrow

ग्रामीण विकास केन्द्रलाई प्रदेशकै अध्ययन अनुसन्धान केन्द्र बनाइने : मुख्यमन्त्री

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ चैत १२ बिहिबार
pradesh-24.JPG

जनकपुरधाम।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनमैत्री शासनको कामना गरेको बताएका छन् । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आगामी आर्थिक वर्ष २०७८-७९को प्रादेशिक वार्षिक रणनीतिक कार्यान्वयन योजना पूर्व तैयारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले परम्परागत कार्यक्रमहरूले मात्र प्रदेश तथा स्थानीय शासनमा सहयोग नपुग्ने बताए ।

मुख्यमन्त्री राउतले  प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमलाई तालिम गोष्ठीका साथै पूर्वाधार निर्माणमा समेत जोड दिन निर्देशन दिए।  'हामी जनमैत्री शासनको कामना गरेका छौ, त्यसकालाई कार्यालयहरूको व्यवस्थापन पनि अनिवार्य छ । हामीलाई भौतिक पूर्वाधारको निर्माणमा समेत जोड दिनु पर्दछ' मुख्यमन्त्री राउतले भने ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ जेलिया स्थित ग्रामीण विकास केन्द्रलाई प्रदेशकै अध्ययन अनुसन्धान केन्द्रको रूपमा विकास गर्नका लागी अविलम्ब मास्टर प्लान बनाउन समेत  मुख्यमन्त्री राउतले  सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए।
 
मुख्यमन्त्री राउतले प्रदेश र स्थानीय तह बीचको सम्बन्धलाई सुमधुर बनाउँदै उत्तम शासन व्यवस्थाका लागि आवश्यक कार्यक्रमहरू तर्जुमा गर्नु पर्नेमा जोड दिए।

प्रदेशका प्रमुख सचिव गोकर्ण मणि दवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्य महान्यायाधिवक्ता दीपेन्द्र झाले सरकारको प्राथमिकताहरूलाई पिएलजिएसपीको कार्यक्रममा समेट्नु पर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ