arrow
ADVERTISEMENT

बीउको राँगाले हानेर धनीको मृत्यु

logo
प्रकाशित २०७७ चैत १२ बिहिबार
bufflow1.jpg

सिन्धुपाल्चोक ।  आफैँले पालेको राँगाले हान्दा बिहिवार एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका- ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्का रहेका छन् ।

बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

खड्काको शव परीक्षणपश्चात् निजका छोरालाई जिम्मा लगाइएको तामाङले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ