arrow

प्रदेश प्रमुखबाट मन्त्री, मुख्यमन्त्रीबाट राज्यमन्त्रीले लिए शपथ

logo
प्रकाशित २०७७ चैत १३ शुक्रबार
MD-Morangoath.jpg

मोरङ । प्रदेश-१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त मन्त्रीलाई शुक्रवार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

 प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम मुख्यमन्त्रीको सिफारिसमा मन्त्री तथा राज्यमन्त्री पदमा शुक्रवार नियुक्ति, हेरफेर कार्यविभाजन गरेका छन् ।

प्रदेश प्रमुख अधिकारीले नवनियुक्त मन्त्री आर्थिक मामिला तथा  योजनामन्त्री टङ्क आङ्वुहाङ (लिम्बु), भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री उषाकला राई र भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङलाई पद तथा गोपनीयताको शपथ गराए ।

 यसैगरी मुख्यमन्त्री शेरधन राईले नवनियुक्त राज्यमन्त्री उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई पद तथा गोपनीयताको शपथ गराए । प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेशका मन्त्री, कार्यालयका उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेको थियो ।

यसअघि २०७६ माघ ५ गते मुख्यमन्त्री राईले प्रदेश मन्त्रीमण्डल विस्तार गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ