arrow

श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर कांग्रेस पार्टी अफिसमा रहने

logo
प्रकाशित २०७७ चैत १४ शनिबार
nabindra-raj-joshi-mp-congress00.jpg

काठमाडौं । नेपाली कांग्रेसले नेता नवीन्द्रराज जोशीको निधन पछि केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। बैठक शनिवार बिहान साढे ९ बजे बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर शनिवार बिहान १० देखि दिउँसो १ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

नेपाल काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन शुक्रवार साँझ ८:२४मा नर्भिक अस्पतालमा भएको हो। ।  

गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उहाँ सोही अस्पतालमा उपचाररत थिए ।  

पूर्व उद्योग मन्त्रीसमेत रहेका नेता जोशी काठमाडौँमा लोकप्रिय नेता थिए । सन्ताउन्न वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो । 

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी काठमाडौँ क्षेत्र नं. ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ