arrow

भारत विरुद्ध इङल्याण्डको सहज जित

logo
प्रकाशित २०७७ चैत १४ शनिबार
india-t-20.jpg

काठमाडौं। तीन खेलको एक दिवसीय क्रिकेट श्रृखंलाको दोस्रो खेल इङल्याण्डले जित्दै १-१को बराबरीको स्थितिमा पुगेको छ।इङल्याण्डले भारतलाई ६ विकेटले पराजित गरेको हो। 

जोनी बेयरस्टोको शतक र बेन स्टोक्सको बिस्फोटक ब्याटिङले इङल्याण्डले भारत माथि सहज जित हात पारेको हो। ३ सय ३७ रनको लक्ष्य ४ विकेटको नोक्सानीमा ४३.३ ओभरमा पुरा गरेको थियो। 

जोनी बेयरस्टोले १ सय १२ बलमा ११ चौका र ७ छक्का सहित १ सय २४ रनको शतकीय पारी खेलेका थिए । बेन स्टोक्स ५२ बलमा ४ चौका र १० छक्का सहित ९९ रनमा आउट भएका थिए ।

भारतका लागि मुरलीकृष्णले २ तथा भुवनेश्वर कुमारले १ विकेट लिएका थिए। 

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो।
भारतका लोकेश राहुलले १ सय १४ बलमा ७ चौका र २ छक्का सहित १ सय ८ रनको शतकीय पारी खेलेका थिए  । ऋषभ पन्त ४० बलमा ३ चौका र ७ छक्का सहित ७७ रनमा आउट भएका थिए ।

ईङल्याण्डका लागि रिसी टोप्ले र थोमस कुरानले २-२ विकेट लिएका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ