arrow

नेपालमा लोकतन्त्र र गणतन्त्र बलियो बनाउन कांग्रेसमाथि विश्वास गर्ने बढी : सर्वेक्षण

logo
प्रकाशित २०७७ चैत १४ शनिबार
Sharecast-politics.jpg

काठमाडौं । नेपाली कांग्रेसको सरकारले नेपालमा लोकतन्त्र र गणतन्त्र बलियो बनाउन  सक्नेमा बढी जनता विश्वस्त रहेको एक सर्वेक्षणले देखाएको छ ।सर्वेक्षणमा सहभागी जवाफ दिनेमध्ये ३५ प्रतिशतभन्दा बढीले नेपाली कांग्रेस सरकारले देशमा लोकतन्त्र र गणतन्त्र बलियो बनाउन सक्नेमा विश्वास गरेका हुन् ।

त्यस्तै नेकपा एमाले देशमा लोकतन्त्र र गणतन्त्र बलियो बनाउनेमा करिब २५ प्रतिशतले विश्वास गरेका छन् ।नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा अस्तित्वमा रहेका बेला गरिएको सर्वेक्षणमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षमा विश्वास गर्नेहरू करिब १० प्रतिशत छन् ।

तीन प्रतिशतले जनता समाजवादी पार्टी र करिब १ प्रतिशतले राष्ट्रिय प्रजातन्त्र पार्टीमा विश्वास गरेका छन् ।

कुल सर्वेक्षणमा करिब आधाले यस विषयमा अनभिज्ञता जनाएका छन् भने जवाफ दिनेमध्ये ३५ प्रतिशतले कांग्रेसमा विश्वास गरेका हुन् ।

त्यस्तै सर्वेक्षणले नेपालको प्रमुख समस्या रोजगारी रहेको देखाएको छ । सर्वेक्षणमा सहभागी आधा भन्दा बढीले नेपालमा पहिलो नम्बरमा रोजगारीको आवश्यकता रहेकोमा ५० प्रतिशत भन्दा बढी मत गरेका छन् ।

सर्वेक्षणले ४६ दशमलव ९ प्रतिशतले प्रधानमन्त्रीको कुरा नपत्याउने देखाएको छ, भने करिब ४६.१ प्रतिशतले सांसदका कुरा पनि पत्याउने देखाएको छ ।

देशमा आधाभन्दा बढीले राजनीतिमा चासो नभएको बताएका छन् । सर्वेक्षणमा सहभागी ५० प्रतिशतभन्दा बढीले राजनीतिमा कतिपनि चासो नभएकोमा मत गरेका हुन् ।

त्यस्तै ४.३ प्रतिशतले देश गलत दिशामा गइरहेको बताएका छन् । देश गलत दिसामा जानुको मुख्य कारणका रूपमा राजनीतिक अस्थिरता, कमजोर नेतृत्व, भ्रष्टाचार रहेको देखिएको छ ।                                                                        

 यो सर्वेक्षण सेयरकास्ट  नेपालले गरेको हो । गत फागुन ९ देखि २३ गतेसम्म गरिएको सर्वेक्षणमा १६ वर्षभन्दा माथिका ५ हजार ८२ जना संलग्न भएका थिए । सातै प्रदेशमा गरिएको यो सर्वेक्षण टेलिफोन कुराकानीकाल आधारमा गरिएको थियो ।



नयाँ