- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । शुक्रबार साँझ निधन भएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई शनिबार(आज) ३ बजे अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने भएको छ ।
पारिवारिक स्रोतका अनुसार मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने र ३ बजे आर्यघाट लगिने छ । नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति जोशीको निधन भएको हो ।
जोशीको पार्थिव शरीर उनको निजी निवास हुँदै पार्टी कार्यालय सानेपा लगिएको विद्यार्थी नेता युपी लामिछानेले जानकारी दिए ।
गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो ।
पूर्वउद्योग मन्त्रीसमेत रहेका नेता जोशी काठमाडौंमा लोकप्रिय नेता थिए । ५७ वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो ।
विसं २०१९ असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशी काठमाडौं क्षेत्र नं. ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।