arrow

पोखरामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

logo
प्रकाशित २०७७ चैत १५ आइतबार
woman-voilance-1.png

पोखरा। पोखरामा पुरुषको कुटपिटबाट एक जनाको महिलाको ज्यान गएको छ। मृत्यु हुनमा पोखरा महानगरपालिका वडा नं-२६, बरालडाँडाकी २६ वर्षीया देवी जिसी विक रहेकी छन्।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार देवीका श्रीमान् ४९ वर्षका देवबहादुर विकले मादक पदार्थ सेवन गरेर शनिवार दिउसो २ बजे कुटपिट गरेका थिए।

श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी देवीलाई विभिन्न अस्पताल हुँदै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार पश्चात् पुनः घरमा नै लगिएको र उनको घरमै मृत्यु भएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

देवीको मृत्युपछि देवबहादुरलाई कास्की प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ