- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका १० दर्लिङ र प्यूठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा मारिएका दुई युवा नेपाली कांग्रेसका कार्यकर्ता भएको खुलेको छ ।
दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा दुई मारिएका हुन् । गुल्मी, बागलुङ र प्यूठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु भएको हो ।
मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ दुवै कांग्रेस कार्यकर्ता हुन् । उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक इग्वाल हवारीले जानकारी दिए ।
कुँवर कांग्रेसका जिल्ला सदस्यसमेत थिए ।
दोषीलाई कारबाही गर्न कांग्रेसको माग
कांग्रेस बागलुङले घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले दोषीलाई कारबाही गर्न र घाइतेको उपचार गर्न माग गरेको हो ।
जिल्ला सभापति दिपेन्द्रबहादुर थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा जिल्ला सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक दमाईमाथि सुनियोजित रुपमा सांघातिक हमाल गरि योजनाबद्ध रुपमा हत्या गरेको उल्लेख छ ।
‘घटनाको विभिन्न समाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएको भिडियो र तस्बिरले घटना आपराधिक मानसिकताबाट प्रेरित भएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
झडपमा घाइते भएका ज्ञानु दमाई लगायतका घाइतेहरुको उपचार सरकारले गर्नु पर्ने कांग्रेसले माग गरेको छ ।