arrow

रहेनन् कांग्रेसका पुराना नेता प्रेमनारायण 

logo
हरि पन्त, 
प्रकाशित २०७७ चैत १७ मंगलबार
congress-premnarayan-baral-.jpg

पोखरा । नेपाली कांग्रेस पोखरा ७ मासवार पुराना नेता प्रेमनारायण बरालको ८८ बर्षको उमेरमा निधन भएको छ । उनको पोखराको सेती नदी स्थित शान्ति घाट किनारमा अत्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा, कास्की कांग्रेस सभापति कृष्ण केसी, पूर्व मन्त्री यज्ञबहादुर थापा, कांग्रेस नेता शोभियतबहादुर अधिकारी, देवराज चालिसे, जिल्ला उपसभापति आइबहादुर गुरुङ, क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला, पोषनाथ शर्मा र इकाई सभापति नबिनराज बराल लगायतका पार्टीको चार तारे झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

सो अवसरमा नेता कार्यकर्ता, आफन्त, शुभेच्छुक र विभिन्न संघ सस्थाका ब्यक्तिहरुले श्रद्धाञ्जली ब्यक्त गरेका थिए । बरालका २ श्रीमती र ३ छोरा र ३ छोरी रहेका छन् । छोरा सरोज नारायण बराल कांग्रेस नगर सचिव छन् । 

यसैबीच कांग्रेस कास्कीका सभापति कृष्ण केसी र पोखरा ७ का इकाई सभापति नबिनराज बरालले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी बरालको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

विज्ञप्तिमा बरालले लोकतन्त्रको विकास, विस्तारसँगै शैक्षिक र धार्मिक क्षेत्रमा पुर्याएको योगदान सदैव स्मरणीय रहने उल्लेख छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै विज्ञप्तिमा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ