arrow

गुल्मीमा पनि मानव अधिकार तथा शान्ति समाज

logo
रमेश विश्वकर्मा, 
प्रकाशित २०७७ चैत १८ बुधबार
shanti-samaj-gulmi.jpg

तम्घास । गुल्मी जिल्लामा पनि मानव अधिकार तथा शान्ति समाज गठन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति कृष्णबहादुर रावलको उपस्थितिमा तम्घासमा भएको भेलाले जिल्ला कार्य समितिको गठन गरेको हो । 

भेलाले ढुण्डीराज पोखरेलको सभापतित्वमा १५ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको छ । जसको उपसभापतिमा डोरविक्रम श्रीस, सचिवमा गणेशबहादुर अधिकारी, सहसचिव बालसिंह खत्री र कोषाध्यक्षमा शान्ति नेपाली रहेका छन् । 

सदस्यहरुमा गुणानिधि शर्मा, विनोद पाण्डे, लक्ष्मी अर्याल, थम्मन बहादुर केसी, रमेश विश्वकर्मा, दिलिपकुमार थापा, विजय शर्मा, निर्मला अर्याल, शारदा भलामी र विपना थापा रहेका छन् । 

समितिले मंगलबार केन्द्रीय उपसभापति रावलको उपस्थितिमा सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई मानव अधिकार तथा लागु औषध दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम गरेको थियो । 

त्यस्तै समितिले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईसंग भेटघाट गरेको छ । भेटघाट कार्यक्रममा संस्थागत परिचयात्मक कार्यक्रम गरेको थियो । 

‘मानव अधिकारका विषयमा यस संस्थाले बोल्दै आएको छ’ केन्द्रीय उपसभापति रावल भने, ‘यस संस्थाले सबैसंग समन्वय गरेर आफ्ना कार्यक्रमहरु अगाडी बढाउने छ ।’

प्रमुख जिल्ला अधिकारी शर्माले हरेक क्रियाकलापमा सहजीकरण गर्ने बताइन् । उनले संस्थाले कार्य क्षेत्र अनुसारको जिल्लामा देखिने कार्य गर्न आग्रह गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ