arrow

कोरोना सङ्क्रमणको छैटौँ दिन सचिन तेन्दुलकर अस्पताल भर्ना

logo
प्रकाशित २०७७ चैत २० शुक्रबार
sachin-tendulkar_14725970.jpeg

काठमाडौं। भारतीय स्टार क्रिकेट खेलाडी सचिन तेन्दुलकर कोरोना सङ्क्रमण देखिएको छैटौँ दिन अस्पताल भर्ना भएका छन्। छ दिन अगाडि उनलाई सङ्क्रमण भएको र साधारण लक्षण देखिएको थियो। 

तेन्दुलकरले आफू अस्पताल भर्ना भएको जानकारी ट्विटर मार्फत गराएका छन्। उनले आफूले चिकित्सकको सल्लाह अनुसार अस्पताल भर्ना भएको बताएका छन्। कोरोना सङ्क्रमण भएपछि उनको स्वास्थ्य लाभको कामना गर्नेहरूलाई  धन्यवाद भनेका छन्। आफू चाँडै निको भएर केही दिनमा अस्पतालबाट फर्किने विश्वास पनि उनले लिएका छन्।

तेन्दुलकर विश्वमा सय शतक बनाउने र २ सय टेष्ट क्रिकेट खेल्ने एक मात्र खेलाडी हुन्। उनी सन् २०११ एक दिवसीय विश्वकप क्रिकेट विजेता भारतीय टोलीका सदस्य रहा थिए। भारतमा उनलाई क्रिकेटको भगवान् भनिन्छ। विश्वभर उनका करोडौं प्रशंसक रहेका छन्। 

सचिनले आफूले कोरोनाको लक्षण देखेपछि घरमै क्वारेनटिनमा बसेको र चिकित्सकहरूको सल्लाह अनुसार चलेको बताएका छन्। चिकित्सकहरूको सल्लाह बमोजिम उनी अस्पताल भर्ना भएका हुन्। उनलाई अस्पताल भर्ना किन गरियो भन्ने बारे केही थाहा हुन नसकेको भारतीय सञ्चार माध्यमहरूले बताएका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ