- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताबाट बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्वन्द्धतर्फ धकेलेकाले कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनु परेको प्रस्ट पारेका छन् ।
दावाँली मिलन क्लबको १५ औं साधारण सभामा सम्बोधन गर्दै नेता सिंहले बर्तमान सरकार असफल भएकाले देशलाई बर्तमान समस्याबाट निकास दिलाउन कांग्रेसको नेतृत्वको सरकार आवश्यक हो भन्ने सबै दलहरुको निस्कर्ष रहेको बताएका हुन् ।
उनले भने, ‘५ वर्षको लागी प्राप्त गरेको म्यान्डेड कम्युनिष्टहरुले तीन वर्ष पनि टिक्न सकेन । यो सरकार असफल भईसक्यो । देशलाई अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेस आवश्यकता अनुसार आफ्नो नेतृत्वको सरकार दिन तयार छ ।’
नेपालको संबिधान निमार्ण गर्न पनि चार/चार जना कम्युनिष्ट नेताहरु असफल हुँदा अन्त्यमा कांग्रेसको नेतृत्वको सरकारले नै संबिधान निर्माण गरेको साथै अहिलेको राजनीतिक समस्याबाट निकास दिन पनि कांग्रेस नै सफल हुने उनको दावी छ ।
साथै नेता सिंहले राजनीतिक क्षेत्र सेवाको क्षेत्र रहेकाले राजनीतिक नेतृत्व कर्तामा सेवाको भावना हुन जरुरी रहेको बताउँदै उनले भने, ‘तर कम्युनिष्टहरुमा सेवाको भावना छैन । अहिलेको नेतृत्व इमानदार हुनु पर्छ , सेवाको भावना हुनुपर्छ, राष्ट्रियता र नैतिकता हुनुपर्छ ।’ सरकार संघीयता भन्दा केन्द्रीकृत शासन ब्यवस्था सञ्चालन गर्न लागेको उनको आरोप छ ।