arrow

कांग्रेसले कम्युनिस्टले जस्तो घमण्ड गर्न हुँदैन् : कल्याण गुरुङ

चिसापानी-काठमाडौं सम्पर्क समिति घोषणा 

logo
प्रकाशित २०७७ चैत २१ शनिबार
kalyan1.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको आगामी अधिवेशनमा आफुले सभापति पदमा उम्मेदवारी दिने समेत घोषणा गरेका छन् ।

चिसापानी-काठमाडौं सम्पर्क समिति घोषणा कार्यक्रममा बोल्दै उनले पार्टी सभापतिको लागि आफू योग्य रहेको दाबी गरे ।

उनले कम्युनिस्ट नेताहरुले एकले अर्को नेतालाई सम्मान गर्न नसक्दा पार्टी टुटफुट हुँदै गरेको अवस्थाबाट काङ्ग्रेसले पाठ सिकेर गाउँ–नगर देखि सङ्गठित रुपमा अगाडि बढ्नुपर्ने धारणा राखे । उनले कम्युनिष्टजस्तो घमण्ड गर्न नहुने बताए ।

नेपाली कांग्रेसका सबै कार्यक्रमहरु अहिंसात्मक र शान्तिपूर्ण हुनुपर्ने बताउँदै विश्वमा सबै आन्दोलनहरु अहिंसात्मक हुँदा नै सफल भएको विचार राखे ।

सो अवसरमा मनोज कुमार श्रेष्ठको सभापतित्वमा २५ सदस्सीय कार्यसमितिको घोषणा गरिएकोछ । कार्यक्रममा केन्द्रीय सदस्य गुरुङलगायत काङ्ग्रेस रामेछाप सभापती लबश्री न्यौपानेले नव गठित कार्य समितिलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिए । 



नयाँ