arrow

आभूषण महासङ्घमा नयाँ कार्यसमिति

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
KRG-KTM.jpg

काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको अध्यक्षमा रमेश महर्जन निर्वाचित भएका छन् । महासङ्घको सातौँ वार्षिक साधारणसभामा प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्मा, द्वितीय उपाध्यक्ष द्वारिका विश्वकर्मा, तृतीय उपाध्यक्ष अमरनाथ गुप्ता, महासचिव किसान सुनार, सचिव निरबहादुर धमला र टङ्कबहादुर बराइली, कोषाध्यक्ष केशरबहादुर विक र सहकोषाध्यक्षमा गणेशप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा गङ्गाराम रसाइली, विष्णुभक्त बराइली, दीपक धनुके, कमलप्रसाद लामिछाने, जगतबहादुर सुनार, दीपककुमार सुनार, प्रेमबहादुर विक, देवीलाल विक, श्यामकुमार विश्वकर्मा, खेमराज विश्वकर्मा (तिरुवा), विद्यासागर ताम्राकार, सोमबहादुर विक, आनन्दकुमार साह, बलराम साह, पृथ्वी विश्वकर्मा, बुद्धिबहादुर विक, पर्वलाल शर्मा कोइराला, तिलक विक, त्रिलोचन विश्वकर्मा तथा महिला आरक्षित सिटमा तारा विश्वकर्मा, भद्रसिला रसाइली र सम्झना शिवाकोटी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष महर्जनले स्वदेशमा भएका बहुमूल्य रत्नको पहिचान तथा तिनको उत्खनन गरी विदेशमा आपूर्ति गर्न सकेमा मुलुकको समग्र अर्थतन्त्र बलियो बनाउन सकिने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ