arrow

मुगु शाखाका पदाधिकारी निर्विरोध निर्वाचित

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ चैत २३ सोमबार
fnj-mugu.jpg

मुगु ।  नेपाल पत्रकार महासङ्घ मुगु शाखाको जिल्ला समिति सर्वसम्मत चयन भएको छ । आइतबार निर्वाचन कार्यपालिका अनुसार मनोनयन दर्ता गरेकाहरू माथि मङ्गलवार कोही कसैको दाबी विरोध नपरेपछि मङ्गलवार निर्वाचन समितिले मुगु शाखा निर्विरोध चयन भएको घोषणा गरेको हो ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा नृपेन्द्र बहादुर मल्ल, उपाध्यक्षमा दान बहादुर बुढा,उपाध्यक्ष महिलामा सुमित्रा रावल,सचिवमा जीवन सेजुवाल,कोषाध्यक्षमा सुक माया शाही सहसचिवमा मोहन कुमार मल्ल र भीम तिरुवा निर्विरोध निर्वाचित भएका हुन ।

यस्तै शाखा खुल्ला सदस्यहरूमा नन्द बहादुर रोकाया,वीर बहादुर बम,शिवचन्द्र कार्की,अङ्क बुढा निर्वाचित भएका छन् भने केन्द्र परिषद् प्रतिनिधिमा राज बहादुर शाही,विमल हमाल प्रदेश परिषद् प्रतिनिधिमा अच्युतराज भण्डारी र मोहन कुमार मल्ल पनि निर्विरोध निर्वाचित  भएको निर्वाचन समिति निर्वाचन अधिकृत एवं अधिवक्ता कुबेर जङ्ग शाहीले बताए ।

निर्विरोध निर्वाचित हुलाई प्रमाण पत्र वितरण गर्नुहुँदै निर्वाचन संयोजक देव बहादुर मल्लले मुगु शाखाले गरेको सहमति र सहकार्य नमुना भएको बताएका थिए ।

पत्रकारिता आफैमा जोखिम पेसा भए पनि यो पेसालाई बहुमूल्य हिरा,सुनसँग तुलना गदै उनले निष्पक्ष र निडर भएर जनताका पिर मर्का,गुनासा र राज्यबाट सर्वसाधारणले पाउनु पर्ने सेवा सुविधा पाए नपाएको पहरेदार पनि पत्रकारले गर्नु पर्ने सुझाव दिएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ