arrow

आईपीएल शुरु, मुम्बई र बैङ्गलोरबीच उद्घाटन खेल

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २७ शुक्रबार
ipl-mumbai-bangalore_1617943468.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १४ औं संस्करण शुक्रबारदेखि शुरु हुँदैछ । यसलाई विश्वकै सर्वाधिक महंगो लिग क्रिकेट मानिन्छ । 

भारतको चेन्नईमा हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र रोयल च्यालेन्जेर्स बैङ्गलोर भिड्दै छन् । खेल नेपाली समयअनुसार बेलुकी ७ः४५ बजे एमए चिदम्बरम स्टेडियममा शुरु हुनेछ । 

मुम्बई च्याम्पियन हुँदा गत संस्करणमा बैङ्गलोर प्लेअफमा पनि पुग्न पाएको थिएन । भारतीय कप्तान विराट कोहली नेतृत्वको बैङ्गलोरले अहिलेसम्म उपाधि जित्न सकेको छैन । भारतीय उपकप्तान रोहित शर्माको कप्तानीमा रहेको मुम्बई सर्वाधिक सफल टिम हो । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यो सस्करणमा आफ्ना धेरै नियमहरु परिवर्तन गर्न लागेको छ । बोर्डले अन फिल्ड सफ्ट सिग्नलको नियमलाई हटाउँदै एक इनिङ डेढ घण्टाभित्रै सक्नुपर्ने नियम बनाएको छ ।

यदि कुनै पनि टीमले समय खेर पालेको पाएमा चौथो अम्पायरको भूमिका अन्यन्त महत्वपूर्ण हुनेछ । फिल्डमा भएको अम्पायरको संकेतको असर थर्ड अम्पायरको निर्णयमा नपर्ने नियम पनि बीसीसीआईले थप गरेको छ ।

यो संस्करणमा ८ टिमले ५२ दिनमा ६० खेल खेल्नेछन् । फाइनल खेल ३० मे मा अहमदाबादमा खेलिने छ । 

यसपटक ६ शहरमा मात्र खेल हुनेछन् । कोरोना भाइरसको महामारी फैलिरहेका बेलमा यो खेल हुन लागेको हो । 

बिहीबार मात्रै सबैभन्दा धेरै १ लाख ३२ हजार संक्रमित थपिएका छन् । यो बीचमा हुन लागेको आईपीएलका खेलाडीहरुलाई ‘कोरोना बम्बर’ का रुपमा समेत विश्लेषण गरिएको छ । 

पछिल्ला लगातार तीन संस्करणमा सहभागीता जनाएका नेपाली स्पीन बलर सन्दीप लामिछाने भने यो संस्करणमा ‘अनसोल्ड’ भएका थिए । 

उनी दिल्ली क्यापिटल्सबाट खेलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ