arrow

आईपीएलमा मुम्बईको खराव शुरुआत, बैङ्गलोर चम्कियो

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २८ शनिबार
ipl-mumbai-bangalore_1618017463.jpg

काठमाडौं । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) शुक्रबारदेखि शुरु भएको छ । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स पराजित भएको छ । 

मुम्बई रोयल च्यालेन्जर्स बैङ्गलोरसँग पराजित भएको हो । चेन्नईमा भएको उद्घाटनमा मुम्बई २ विकेटले पराजित भयो । 

मुम्बईले दिएको १ ६० रनको लक्ष्य बैङ्गलोरले २० ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्‍यो । बैङ्गलोरका लागि एवी डे भिलियर्सले  २७ बलमा ४८ रन जोडे । 

ग्लेन म्याक्सवेलले ३९, कप्तान विराट कोहलीले ३३ रन बनाए । 

मुम्बईका लागि मार्को जेनसन र जसप्रित बुम्राहले समान दुई–दुई विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ९ विकेटको नोक्सानीमा १५९ रन जोडेको थियो । 

क्रिस लिनले ४९ रन बनाए । सूर्यकुमार यादवले ३१, विकेटकिपर ब्याट्सम्यान इसान किशनले २८ तथा कप्तान रोहित शर्माले १९ रन जोडे ।

म्यान अफ द म्याच हर्षल पटेलले सर्वाधिक पाँच विकेट लिए । उनले चार ओभरमा २७ रन खर्चदै उक्त सफलता हासिल गरेका हुन् । 

शनिबारको खेल
लिग अन्तर्गत शनिबार पनि एउटामात्र खेल हुँदैछ । दोस्रो खेलमा चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्स भिड्दै छन् । 

यो खेल मुम्बईको वाङखेडे मैदानमा बेलुकी ७ः४५ बजे शुरु हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ