arrow

एलन मस्कको न्युरालिंकले सार्वजनिक गर्‍यो- मस्तिष्कमा चीप राखेको बाँदर भिडियो गेम खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २९ आइतबार
Allan-mask-neuralink-monkey.jpg

काठमाडौं । एलन मस्कको कम्पनी न्युरालिंकले मस्तिष्कमा चीप राखेको बादरले भिडियो गेम खेलिरहेको एक भिडियो क्लिप कम्पनीले सार्वजनिक गरेको छ । यो बाँदरको दुवै (दायाँ र बायाँ) दिमागमा चीप प्रत्यारोपण गरिएको थियो । चीप प्रत्यारोपण गरिएपछि बाँदर हातको प्रयोग नगरेर सोचेकै भरमा गेम खेल्न सफल भएको हो ।

यो भिडियो सार्वजनिक भएपछि एलन मस्कले ट्विट गर्दै न्युरालिंकको पहिलो नयाँ उत्पादनले प्यारालाइसिस (पक्षघात)भएको मानिसले औलाको प्रयोगबिना नै फोन चलाउन सक्ने बताएका छन् ।

यसको अर्थ मस्कको न्युरालिंकले मानिसको मस्तिष्कमा त्यस्तो चीप राख्ने छ जसबाट सोचेकै भरमा मोबाइल चलाउन सकिनेछ । यस्ता चीपहरु ताररहित चार्ज हुने किसिमका हुने र मानिसलाई कुनै असर नपर्ने मस्कले बताएका छन् ।

एलन मस्कले अहिले मुख्य विद्युतीय गाडी कम्पनी टेस्ला, अन्तरिक्ष अन्वेषण सम्बन्धी कम्पनी स्पेस एक्स र मस्तिष्कमा चीप प्रत्यारोपण गर्ने न्युारोटेक्नोलोजी कम्पनी न्युरालिंक सञ्चालन गरिरहेका छन् ।

भिडियो:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ