arrow

इन्द्रपुर खानेपानीमा भ्रष्टाचार भएको आशंका, लेखापरीक्षण र साधारणसभा गर्न निर्देशन

logo
विवेक मिश्र, 
प्रकाशित २०७७ चैत ३० सोमबार
indrapur-khanepani.jpg

मोरङ । स्थापनाकालदेखि हालसम्म साधारण सभा र अधिवेशन हुन नसकेपछि इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई नगर विकास कोष काठमाडौंले लेखापरीक्षण गरी यथासक्य चाँडो साधारण सभा गर्न निर्देशन नै दिएको छ ।

मोरङको सुन्दरहरैचा–१० स्थित रहेको उक्त खानेपानी संस्थालाई कोषले चैत २४ गते पत्र पठाउँदै स्थापनाकालदेखि हालसम्म साधारण सभा र अधिवेशन हुन नसकेको अवस्थामा कोषको ध्यानाकर्षण भएको जनाएको छ । पत्रमा पटकपटक लेखापरीक्षण र साधारण सभा गर्न पत्राचार गर्दा पनि बेवास्ता गर्नुको कारण समेत उल्लेख गर्न भनिएको छ ।

२०६२ सालमा स्थानीय उपभोक्ताले कूल लागतको ५ प्रतिशत रकम जम्मा गरेर इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्त संस्था गठन गरेका थिए । नगर विकास कोषको ऋण सहयोगमा आयोजना २०७२ मा सम्पन्न भएको हो । तत्कालिन इन्द्रपुर गाविसका उपभोक्तालाई खानेपानी वितरणका लागि गठित आयोजनाले पानी वितरण गरेको ५ वर्ष पूरा भयो । 

तर त्यस यता न त संस्थाको लेखापरीक्षण भएको छ न त साधारण सभा नै भएको छ । तर संस्थाका अध्यक्ष केदार गुरागाइँले हरेक आर्थिक वर्षमा लेखापरीक्षण गरिएको दावी गर्छन् । साधारण सभा गर्न भने नसकिएको उनले स्वीकारे । अध्यक्ष गुरागाई भन्छन् ‘१२ करोड नगर विकास कोषको ऋण छ यो ऋण तिर्ने दायित्व हामी सबैको हो’ । 

संस्थाका सचिव मित्रसेन योञ्जन सर्वदलीय संरचनामा संस्था गठन भए पनि हालसम्म अध्यक्षले बैठक नबोलाएको बताउँछन् । ‘ध्यक्षले एकलौटी ढंगबाट संस्था चलाउँदा संस्थामा भ्रष्टाचार भएको विषय बाहिर आयो । ‘हामीले अध्यक्षलाई सोध्यौँ तर अध्यक्षले जवाफ नदिएपछि बैठकमा जान छोडेको छु’, सचिव योञ्जनले बताए ।

यता सुनदरहरैचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले नगर विकास कोषले २०७७ चैत २४ गते नगरपालिकालाई पनि पत्र पठाएर साधारण सभाका लागि समन्वय गर्न अनुरोध गरेको बताए । मेयर ढकालले भने नगरपालिका जमानीमा रहेको आयोजनाको अधिवेशन हुन नसक्नुको कारणबारे आफूहरुको पनि ध्यानाकर्षण भएको बताए । 

२४ करोड रुपैयाँको लागतमा निर्माण भएको आयोजनाले ४ लाख ५० हजार लिएको ओभरहेड ट्याङ्कीबाट दैनिक पानी वितरण गरिरहेको छ र ६ हजार ५ सय उपभोक्ता रहेको खानेपानी आयोजनालाई एसियाली विकास बैंकलले सहयोग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ