arrow

आईपीएलमा सन्जुको रेकर्ड शतक, पन्जाबसँग हार्‍यो राजस्थान 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
ipl-punjab-rajastan.JPG

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पन्जाब किङ्सले विजयी शुरुआत गरेको छ । मुम्बईमा सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई मात्र ४ रनले हराउँदै पन्जाबले सुखद शुरुआत गरेको हो ।

पन्जाबले दिएको २२२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले ७ विकेटको नोक्सानीमा २१७ रन मात्र बनाउन सक्यो ।
आन्तिम ओभरमा जितका लागि १३ रन बनाउनु पर्ने भए पनि नसकेपछि झिनो अन्तरले राजस्थान पराजित हुनुपर्यो । 

राजस्थानका लागि कप्तान सन्जु सामसनले ११९ रन बनाए । उनले विस्फोटक ब्याटिङ गर्दै ६३ बलमा १२ चौका र ७ छक्का प्रहार गरेका थिए ।

उनी आईपीएल इतिहासमा डेब्यु कप्तानीमा शतक बनाउने पहिलो खेलाडीसमेत बनेका छन् । उत्कृष्ट कप्तानी खेले पनि उनले टिमलाई जिताउन सकेनन् । 

आईपीएलमा भने सन्जुको यो तेस्रो शतक हो । 

पन्जाबका आश्रदिप सिंहले ३ विकेट लिए । मोहमद शामीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ६ विकेटको नोक्सानीमा २२१ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान लोकेश राहुलले कप्तानी इनिङ्स खेल्ने क्रममा ५० बलमा ९१, दीपक हाडाले २८ बलमा ६४ तथा क्रिस गेलले २८ बलमा ४० रन बनाए । 

राजस्थानका चेतन शाकरियाले ३ विकेट लिए । क्रिस मोरिसले २ विकेट र रियान परागले एक एक विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ