arrow

देशैभर तुवाँलो

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
tuwalo.jpg

काठमाडौं । अहिले देशैभर तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरै स्थानमा तुवाँलो रहेका कारण भिजिबिलिटी न्यून रहेको छ । 

महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार मंगलबार बिहान काठमाडौं उपत्यकाको भिजिबिलिटी २५०० मिटर रहेको छ । उनले देशका अधिकांश भागमा भिजिबिलिटी कम भएको बताइन् । 

मौसम खुल्न केही दिन अझै लाग्ने उनले बताइन् । अपरान्हपछि सामान्य फेरबदल हुन सक्ने उनको भविश्यवाणी छ । 

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको छ। 

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली  रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ  ।  

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा  रहने छ।  पहाडी भूभागका एक–दुई स्थानमा अपरान्हपछि मेघगर्जन–चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भूभागमा तुँवालोको असर रहने छ।

 काठमाडौंको तापक्रम अहिले १४ डिग्री रहेको छ । दिउँसोको अधिकतम तापक्रम २८ देखि ३० डिग्रीसम्म हुन सक्नेछ । ।

मौसमविद् शाक्यले डढेलो नै अहिले मौसम बिगार्ने प्रमुख कारण रहेको बताइन् । उनले पश्चिमी वायुको प्रभावले नप िअसर पारेको बताइन् । 

उनले देशभर भारी वर्षा नभएसम्म मौसम नखुल्ने र प्रदूषण नहट्ने बताइन् । 

सरकारको आँखामा नपरेको प्रदूषण, निरन्तर काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ