arrow

नयाँ वर्ष अफरः हाम्रो पात्रोद्धारा ज्योतिश परामर्शमा ३५ प्रतिशत छुट 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
hamropatro-offer.jpg

काठमाडौं । हाम्रो पात्रोले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा आफ्नो लोकप्रिय ‘हाम्रो अनलाइन ज्योतिष’ परामर्श सेवामा ३५ प्रतिशत छुट ल्याएको छ । 

यस अन्तर्गत हाम्रो पात्रो सेवाग्राहीहरुले हाम्रो पात्रोको एप तथा वेबमार्फत आफ्नो आउँदो वर्षका बारेमा परामर्श लिन सक्ने छन् ।  

हाम्रो पात्रोसँग आवद्ध ज्योतिष गुरुहरुबाट आफूले चाहे अनुसारको परामर्श अनलाइनमार्फत कुराकानी गरी आफ्नो आउँदो वर्षको जानकारीका लागि सेवाग्राहीले हाम्रो पात्रोको एप अथवा वेबमा गएर परामर्श लिने आनन्द लिन सक्ने हाम्रो पात्रोले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । 

यो सेवा निकै लोकप्रिय रहेको  हाम्रो पात्रोको दाबी छ । सेवाग्राहीहरुले हाल यस सेवालाई आफ्नो पढाई, व्यापार, जागिर, लगनलगायत सम्बन्धित विषयहरुमा परामर्शका लागि प्रयोग गर्दै आएका छन् ।   

यो छुट बैशाख ५ गते सम्मका लागि मात्र लागू हुनेछ । इच्छुक सेवाग्राहीले बिहान ५ देखि दिउँसो १ बजेसम्म र बेलुका ७ देखि राति ९ बजेसम्म यो सेवा लिन सक्नेछन् । 

नयाँ वर्ष २०७८ बुधबारका दिन भने यो सेवा दिनभरिका लागि उपलब्ध हुनेछ । यस सेवाका लागि भुक्तानी अन्तर्राष्ट्रिय कार्ड साथै नेपालमा ई–सेवा, कनेक्ट आइपीएस अथवा खल्तीबाट गर्न सकिनेछ ।  

यो सेवा संसारभरका हाम्रो पात्रो सेवाग्राहीले लिन सक्ने हाम्रो पात्रोले जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ