arrow

मुम्बईको रोमाञ्चक जितमा कोलकाता निराश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
ipl-mumbai.JPG

काठमाडौं । डिफेन्डिङ च्याम्पियन विजेता मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । चेन्नईमा मंगलबार राति भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई मात्र १० रनले पराजित गर्यो । 

मुम्बईले दिएको १५३ रन सामान्य लक्ष्य पछ्याएको कोलकाताले ७ विकेटको नोक्सानीमा १४२ रन मात्र बनाउन सकेपछि मुम्बईले १० रनको जित निकालेको हो । 

पहिलो विकेटका लागि ७२ उत्कृष्ट साझेदारी भए पनि त्यसपछिका ब्याट्सम्यानहरु टिक्न नसकेपछि कोलकाताले हार बेहोर्नु परेको हो । ओपनरद्धय नितिश रानाले ४७ बलमा ५७ तथा शुवमान गिलले २४ बलमा ३३ रन जोडेका थिए ।  रनको 

मुम्बईका म्यान अफ द म्याच राहुल चाहरले २७ रन खर्चिएर ४ विकेट लिए । ट्रेण्ड बोल्टले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा अलआउट हुँदै १५२ रन बनाएको थियो ।

सूर्य कुमार यादवले ५६ रन बनाउँदा कप्तान रोहित शर्माले ४३ रन बनाए । हार्दिक पाण्डय र कुर्नाल पाण्डय समान १५र१५ रनमा आउट भए ।

कोलकाताका आन्द्रे रसेलले रसिलो बलिङ गर्नेै क्रममा २ ओभरमा १५ रन दिएर ५ विकेट लिए । 

पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग २ विकेटले पराजित भएको मुम्बईले दोस्रो खेलमा महत्वपूर्ण जित निकाल्दा पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १० रनले नै हराएको कोलकाताले दोस्रो खेलमा भने तीतो स्वाद लिनु परेको छ । 

बुधबारको खेल
बुधबार हैदराबाद र बैंगलोर भिड्दै छन् । यो खेल पनि चेन्नईमै हुँदैछ । दुवैको दोस्रो खेल हो । पहिलो खेलमा बैंगलोरले मुम्बईलाई हराएको थियो भने हैदराबाद कोलकातासँग हारेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ