arrow

ओलीले तत्काल राजीनामा दिनुपर्छ : नेता सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
prakashman-1618383324.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको बताएका छन् ।

नेपाली कांग्रेस चितवन खैरहनि नगर समितिले बुधबार चितवमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमा बोल्दै नेता सिंहले संविधान, लोकतन्त्र र संघीयता जोगाउनको लागी कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताएका हुन् ।

‘देशमा सरकार छ कि छैन, भनेर खोज्नु पर्ने अवस्था छ,’ उनले भने,‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । ओलीले नैतिक, राजनीतिक तवरले प्रधानमन्त्री हुने बैधानिकता गुमाए त्यसैले ओलीले तत्काल राजीनामा दिनुपर्छ ।’

साथै नेता सिंहले नेपालमा लोकतन्त्र जोगाउनको लागी कांग्रेस मजबुत हुनुपर्ने भन्दै आगामी महाधिबेशन समयमै हुनुपर्ने बताए ।

कांग्रेसले देश र जनतालाई संकट पर्दा सधै महत्वपुर्ण भुमिका खेल्ने गरेको छ । नेपाली जनताको पार्टी नेपाली कांग्रेस हो । राणा शासन हटाउने देखि प्रजातन्त्र स्थापना र संविधान निमार्णमा कांग्रेसले महन्वपुर्ण भुमिका  खेल्ने गरेको छ,’ उनको भनाइ थियो ।

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारामा मात्र सिमित गरेको भन्दै प्रदेश सरकार र स्थानीय सरकारको अधिकार खोस्ने प्रयास गरिरहेको उनको दाबी छ ।

लोकतन्त्र भए मात्र जनताले आफ्नो शासनको महसुस गर्ने हुँदा अहिले कांग्रेसले संविधान र लोकतन्त्र धरापमा परेकाले कांग्रेस बाध्य भएर सरकार निर्माणमा अग्रसरता लिएको उनको भनाइ छ ।

फरक प्रसंगमा बोल्दै पार्टीको अधिवेशन निरधारित समयमा हर हालतमा गर्नुको बिकल्प नरहेको भन्दै पार्टी बिधानको गलत प्रयोग गरेर असहज परिस्थितिमा प्रयोग गरिने बिधानका विशेष धारा काम नगरेर गलत प्रयोग भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ