arrow

एनसेल र सामसङको सहकार्यमा ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ योजना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
ncell-samsung-newyear.jpg

काठमाडौँ। नेपालको सबैभन्दा भरपर्दो एवं विश्वासिलो स्मार्टफोन ब्रान्ड सामसङले आफ्नो नयाँ वर्षको योजना अनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बार फोन अर्थात् फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको छ।

डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीविका दरले एनसेल डेटा पाउँछन्। सामसङको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउँछन्।

नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्‍याउने सामसङको प्रतिबद्धता अनुरूप ल्याइएको हो । यससँगै ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभव लिँदै असीमित डिजिटल सम्भावनाहरूसँग आफूलाई जोड्न सक्छन्।

एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामसङले लिइएको छ। यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्छन्।

ग्यालेक्सी एम ०१ कोरमा १ जीवी र्‍याम र १६ जीवी स्टोरेज क्षमता रहेको छ । ग्यालेक्सी एम ०२ मा ग्राहकले आफ्नो आवश्यकता अनुसार २ जीवी र्‍याम र ३२ जीवी स्टोरेज वा ३ जीवी र्‍याम र ३२ जीवी स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्छन् । ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव नभएका ग्राहकले पनि सजिलै यी सेटहरू चलाउन सक्छन् । 

आफूसँग भएको कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्छन् । पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुई वटा आधारभूत सर्तहरू लागू हुनेछन्।

पहिलो पुरानो मोबाइल स्विच अन गर्न मिल्ने अवस्थाको हुनु पर्दछ । दोस्रो, फोनको ब्याट्री, स्क्रिन र फोन को बडी सही अवस्थामा हुनुपर्दछ। यी दुई सर्तहरू पूरा भएको खण्डमा ग्राहकको फोनलाई उपयुक्त मूल्याङ्कन गरिने छ र नयाँ फोन किन्नका लागि ग्यारेन्टी रु. ८०० का साथ एक्सचेन्ज प्रदान गरिनेछ।

यो योजना २०७८ वैशाख १ देखि सीमित अवधिसम्मका लागि सञ्चालनमा रहने छ। 



नयाँ