arrow

‘पढाइको नयाँ फण्डा–मेरोस्कुल’ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
mero-school.jpg

काठमाडौँ। एस्ट्रीक टेक्नोलोजीले डिजिटल इ–लर्निङ प्लेटफर्म ‘मेरोस्कुल’ सार्वजनिक गरेको छ। कोभिड१९ का कारण छुटेको पढाइलाई पूर्णता दिन र सङ्क्रमण जोखिमका कारण भौतिक ट्युसन तथा कोचिङ पठाउन तथा जान नचाहने अभिभावक तथा विद्यार्थीहरूलाई लक्षित गर्दै यस प्लेटफर्म सार्वजनिक गरिएको हो।

प्रविधिको युगमा यस्तो विषम परिस्थितिमा प्रविधिकै प्रयोग गरी विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले यस प्लेटफर्मको विकास गरिएको हो। ‘पढाइको नयाँ फण्डा’ स्लोगन सहित सार्वजनिक भएको यो प्लेटफर्मले डिजिटल माध्यमबाट विद्यार्थीहरूको पढाइमा सहयोग गर्नेछ।

के हो मेरोस्कुल?
मेरोस्कुल एक डिजिटल इ–लर्निङ्ग प्लेटफर्म हो जहाँ तपाईँले नेपाल सरकारको पाठ्यक्रममा आधारित ५ हजारभन्दा धेरै भिडियोहरू पाउनु हुनेछ। यसका साथै यहाँ तपाईँले पुराना प्रश्न पत्रहरू हल गरिएका भिडियोहरू पनि पाउन सक्नुहुनेछ।

यसका भिडियोहरू सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ। यी भिडियोहरू दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएका हुन्। शैक्षिक पाठ्यक्रमका अलावा यहाँ तपाईँहरूले डिजाइनिङ कोर्स, ल्याङवेज कोर्स लगायतका कोर्सहरू पनि पाउन सक्नुहुनेछ। यस प्लेटफर्म सार्वजनिक भएको उपलक्ष्यमा १ महिनाको लागि ट्यूटोरियल भिडियोहरू निःशुल्क हेर्न सकिनेछ।

यसको सबैभन्दा राम्रो विशेषता भनेको विद्यार्थीहरूले घरैमा बसी यहाँ भएका भिडियोहरू हेरी पढ्न सक्नेछन्। अफलाइन भ्यूइङ्ग फिचर पनि भएकोले यहाँ भएका शैक्षिक सामाग्रीहरू आफूले चाहेको समयमा चाहेको ठाउँमा बसी सुपथ मूल्यमा हेर्न सक्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ