arrow

सात अनलाइन न्यूजपोर्टल लाई २४ घण्टे स्पष्टीकरण

logo
रासस,
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
press-council-nepal.jpg

काठमाडौँ। ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै विभिन्न सात अनलाइन सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण माग गरेको छ।

बिहिवार देखि विना आधिकारिक डकुमेन्ट ‘अनअफिसियल ट्रान्सलेसन’ हबला दिँदै सञ्चारमाध्यमको जिम्मेवारी बोध समेतको ख्याल नगरी तथ्यहीन पुष्टि नभएका सामग्री सम्प्रेषण गरेको भन्दै उज्यालो नेटवर्क डटकम, सुदर्शन खबर डटकम, पर्दाफास डटकम, समाचार दैनिक डटकम, नेपाली गाथा डटकम, पल खबर डटकम र कान्तिपथ डटकमलाई स्पष्टीकरण माग गरिएको हो।

त्यसै गरी काउन्सिलले सूचीकरण नभएका सन्देश प्रवाह डटकम र न्युज ८८ पोस्ट डटकमलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचारसमेत गरेको छ।

“काउन्सिल पत्रकारिताको मूल्य–मान्यता, संवेदनशीलताको ख्याल गरी जबाफदेहीपूर्ण ढङ्गबाट सत्यको अन्वेषण, तथ्यको सम्प्रेषणको मार्गअनुरूप सामग्री सम्प्रेषण गर्न-गराउन र पत्रकार आचारसंहिताको पूर्ण पालनामा प्रतिबद्ध रहन आम सञ्चारमाध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी तथा सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदछ”, काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ