arrow

ओली सरकारको पतन शुरु भयो, त्यसको संकेत कर्णालीमा देखियो : नेता सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ४ शनिबार
prakashmann.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान  सिंहले ओली सरकारको पतन सुरु भएको र त्यसको संकेत कर्णाली प्रदेशमा देखिएको बताएका छन् ।

कांग्रेस जिल्ला पार्ट कार्यालय स्याङ्जामा शनिवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले ओली सरकारको आयु सकिएको संकेत कर्णाली प्रदेशमा देखिएको बताए । अब नेपालको राजनीति फरक धारबाट बग्छ भन्ने स्पष्ट संकेत रहेको समेत रहेको बताए ।

अहिले बहुमत पाए भन्दैमा ओलीले जथावावी गर्न पाउँदैनन् भन्दै नेता सिंहले ‘ओली सरकारको पतन सुरु भयो । कर्णाली प्रदेशमा त्यसको संकेत देखिएको छ ।अब यो सरकारको आयु धेरै छैन ।’

कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भएको भन्दै संसदीय पद्धति नै अन्त्य गर्न कम्युनिष्ट लागि परेको उनको आरोप छ । असंवैधानिक निर्णय लिएको सरकारले गर्ने चुनावको बैधानिकता समेत नहुने भन्दै ओलीले सत्ताको आडमा फिजाएका जालो चिरेर निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चितता गर्नुपर्ने समेत बताए ।

नेता सिंहले कांग्रेसको १४औं महाधिवेशनको समयको माग बमोजिम कांग्रेसको नेतृत्व गर्न सक्ने नेताको आवश्यक रहेको बताए । लोकतन्त्र जोगाउनको लागी कांग्रेसमा अनुशासित नेतृत्व हुन जरुरी छ ।उनले पार्टी बिधि र प्रक्रियाबाट संचालन हुन नसकेको पनि बताए । 



नयाँ