- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । जारी लिगमा दोस्रो जित निकाल्ने क्रममा शनिबार राति भएको खेलमा सनराईजर्स हैदराबादलाई १३ रनले पराजित गर्यो ।
मुम्बईले दिएको १५१ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.४ ओभरमा ४ बलमा अलआउट हुँदै १३७ रन मात्र बनाउन सक्यो ।
हैदराबादका लागि जोनी बेयरर्स्टोले सर्वाधिक ४३ रन बनाए । कप्तान डेभिड वार्नरले ३६ तथा विजय शंकरले २८ रन जोडे ।
मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३–३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको नोक्सानीमा १५० रन बनाएको थियो ।
क्विन्टन डी ककले ४०, केइरन पोलार्डले नटआउट ३५ तथा कप्तान रोहित शर्माले ३२ रन बनाए । हैदरावादका विजय शंकर र मुजिब उर रहमानले २–२ विकेट लिए ।
अंक तालिका
जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ३ खेलमा ४ अंक जोडेको छ । रोयल च्यालेन्जर्स बैंगलोर दुवै खेल जितेर ४ अंकसहित दोस्रो स्थानमा छ ।
सनराइजर्स हैदराबादले सबै तीन खेल हारेको छ । बाँकी टिमहरुको समान २ अंक छ ।